बोराभित्र डेढ करोड रकम, पशुपतिनाथ पराग सप्लार्यसका ३ कर्मचारी प्रहरी नियन्त्रणमा

बिजमाण्डू
२०८३ मंसिर १ गते १६:३२ | Nov 17, 2026
बोराभित्र डेढ करोड रकम, पशुपतिनाथ पराग सप्लार्यसका ३ कर्मचारी प्रहरी नियन्त्रणमा
फाइल तस्बिर।

काठमाडौं। स्रोत नखुलेको १ करोड ६७ लाख ३३ हजार २३० रुपैयाँसहित पशुपतिनाथ पराग सप्लायर्सका ३ र्मचारीलाई प्रहरीले पक्राउ गरेको छ।

GBIME
Tata

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बोराभित्र राखिएको रकमसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा कम्पनीमा मार्केटिङ गर्ने ३० वर्षीय दीपक खड्का, चालक जयराम केसी र लोडर प्रज्वल रिजाल छन्।

बा प्र १ ०२७ च २७६५ नम्बरको भ्यानमा ललितपुरको नख्खु चोकतर्फ गहिरहेको अवस्थामा विशेष सूचनाका आधारमा विभिन्न दरका नोट एक बोरा फेला पारेको प्रहरीले जनाएको छ।

प्रहरीले भ्यानबाट १ हजार दरका १ करोड ९ लाख ८७ हजार, ५ सय दरका ५१ लाख ५० हजार, १०० रुपैयाँ दरका ५ लाख, ५० रुपैयाँ दरका २४ हजार ६०० रुपैयाँ बरामद गरेको छ।