काठमाडौं। स्रोत नखुलेको १ करोड ६७ लाख ३३ हजार २३० रुपैयाँसहित पशुपतिनाथ पराग सप्लायर्सका ३ र्मचारीलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बोराभित्र राखिएको रकमसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा कम्पनीमा मार्केटिङ गर्ने ३० वर्षीय दीपक खड्का, चालक जयराम केसी र लोडर प्रज्वल रिजाल छन्।
बा प्र १ ०२७ च २७६५ नम्बरको भ्यानमा ललितपुरको नख्खु चोकतर्फ गहिरहेको अवस्थामा विशेष सूचनाका आधारमा विभिन्न दरका नोट एक बोरा फेला पारेको प्रहरीले जनाएको छ।
प्रहरीले भ्यानबाट १ हजार दरका १ करोड ९ लाख ८७ हजार, ५ सय दरका ५१ लाख ५० हजार, १०० रुपैयाँ दरका ५ लाख, ५० रुपैयाँ दरका २४ हजार ६०० रुपैयाँ बरामद गरेको छ।