रेमिटेन्स कम्पनीतर्फ सबैभन्दा बढी आयकर बुझाउनेमा आइएमई, सरकारले गर्‍यो सम्मान

बिजमाण्डू
२०८३ मंसिर १ गते १३:५६ | Nov 17, 2026
रेमिटेन्स कम्पनीतर्फ सबैभन्दा बढी आयकर बुझाउनेमा आइएमई, सरकारले गर्‍यो सम्मान

काठमाडौं। रेमिटेन्स तथा मनी ट्रान्सफरको कारोबार गर्ने कम्पनीमध्ये आइएमई लिमिटेड सर्वाधिक कर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ।

GBIME
Tata

राष्ट्रिय कर दिवसका अवसरमा मंगलबार आन्तरिक राजस्व विभागले काठमाडौँमा एक समारोह गरी आइएमई लिमिटेडलाई सम्मानित गरेको हो। विभागका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकाललाई सम्मानपत्र प्रदान गरे।

अध्यक्ष ढकालले धेरै आयकर बुझाएर राष्ट्रिय विकासमा योगदान दिन पाउनु आइएमईका लागि गौरवको विषय भएको बताए। सन् २००१ मा स्थापना भएको आइएमईले धेरै कर तिरेका आधारमा यसअघि पनि पटक पटक सम्मानित भएको थियो।