काठमाडौं। रेमिटेन्स तथा मनी ट्रान्सफरको कारोबार गर्ने कम्पनीमध्ये आइएमई लिमिटेड सर्वाधिक कर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ।
राष्ट्रिय कर दिवसका अवसरमा मंगलबार आन्तरिक राजस्व विभागले काठमाडौँमा एक समारोह गरी आइएमई लिमिटेडलाई सम्मानित गरेको हो। विभागका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकाललाई सम्मानपत्र प्रदान गरे।
अध्यक्ष ढकालले धेरै आयकर बुझाएर राष्ट्रिय विकासमा योगदान दिन पाउनु आइएमईका लागि गौरवको विषय भएको बताए। सन् २००१ मा स्थापना भएको आइएमईले धेरै कर तिरेका आधारमा यसअघि पनि पटक पटक सम्मानित भएको थियो।