लामिछानेको कप्तानीमा इमर्जिङ एसिया कप खेल्ने टोलीको घोषणा, ऐरी र पौडेल छैनन्

बिजमाण्डू
२०८३ कात्तिक २९ गते २०:५४ | Nov 15, 2026
लामिछानेको कप्तानीमा इमर्जिङ एसिया कप खेल्ने टोलीको घोषणा, ऐरी र पौडेल छैनन्

काठमाडौं। एसीसी मेन्स एसिया कप राइजिङ स्टार्सका लागि नेपाली टोलीको घोषणा भएको छ। कतारमा हुने प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान)ले १५ सदस्यीय टोली घोषणा गरेको हो।

GBIME
Tata

टोलीमा कप्तान लामिछानेसँगै बसीर अहमद, अर्जुन कुमाल, नन्दन यादव, पवन सर्राफ, ललित राजवंशी, लोकेश बम, कुशल भुर्तेल, सोमपाल कामी, दीपक डुम्रे, सन्दीप जोरा, अभिषेश गौतम, इशान पाण्डे, राशिद खान र देव खनाल छन्।

टोलीमा दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, करण केसीजस्ता खेलाडी समावेश छैनन्।

नेपाल रहेको समूहमा भारत ‘ए’, पाकिस्तान ‘ए’ र यूएई छन्। यो प्रतियोगिता १९ नोभेम्बरदेखि २९ नोभेम्बरसम्म दोहामा हुनेछ।