राष्ट्रपति पौडेलले पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर पुगेर गरे छठी माताको पूजाअर्चना

बिजमाण्डू
२०८३ कात्तिक २९ गते १७:३० | Nov 15, 2026
राष्ट्रपति पौडेलले पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर पुगेर गरे छठी माताको पूजाअर्चना

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्व २०८३ का अवसरमा छठी माताको पूजा आराधना गरेका छन्।

GBIME
Tata

राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अगाडि बागमती किनार गौरीघाटको छठ पूजास्थलमा पुगेर आइतबार छठी माताको पूजाअर्चना गरेका हुन्। उनले गौरीघाटको छठ पूजास्थलमा अस्ताउँदो सूर्यलाई अर्घ्यदान गरे।

राष्ट्रपति पौडेल गुहेश्वरीमा पुग्दा सांसदहरू विष्णुदेवि पुडासैनी र पुकार बम, पशुपति विकास कोषका पदाधिकारी, जनप्रतिनिधि र छठ पूजा आयोजक समितिका पदाधिकारीहरूले स्वागत गरेका थिए।