काठमाडौं। निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका विषयमा छलफल गर्न राजनीतिक दलहरुलाई बोलाएको छ। आयोगले स्थानीय तह निर्वाचनको विषयमा दलहरुसँग मंसिर ४ गते छलफल गर्न लागेको हो।
‘आयोगले मंसिर ४ गते स्थानीय निर्वाचनको मितिबारे छलफल गर्न हामी मुख्य राजनीतिक दलहरुलाई बोलाएको छ। त्यो दिनको छलफलपछि निर्वाचन कहिले गर्ने भन्ने तय होला,’ कांग्रेस सभापनि गगन थापाले आइतबार सर्लाहीमा पार्टीका नेता तथा कार्यकर्तामाझ भने।
उनले आगामी पुस पहिलो साता जिल्ला अधिवेशन र त्यसको केही दिनमा प्रदेश अधिवेशन गरेर स्थानीय निर्वाचनको तयारीमा लाग्ने बताए।










