टाइम म्यागजिनको जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तिको सूचीमा अर्थमन्त्री वाग्ले

बिजमाण्डू
२०८३ कात्तिक २३ गते २१:४८ | Nov 9, 2026
टाइम म्यागजिनको जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तिको सूचीमा अर्थमन्त्री वाग्ले


काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिकी पत्रिका टाइमको जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तिहरुको सूचीमा परेका छन्। टाइमले सन् २०२६ को सूचीमा वाग्लेको नाम समावेश गरेको हो।

GBIME
Tata

जलवायुको जोखिम तथा क्षतिपूर्तिको विषयलाई विश्व मञ्चमा पुर्‍याउन वाग्लेले गरेको प्रयासका लागि टाइमले वाग्लेलाई उक्त सूचीमा समावेश गरेको हो।

टाइमले सार्वजनिक गरेको प्रोफाइलमा जलवायु न्यायका लागि अर्थमन्त्रीका रुपमा वाग्लेले चलाएको अभियानको चर्चा गरिएको छ। गत भदौको विनाशकारी बाढीपछि जलवायुको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न वाग्लेले महत्वपूर्ण भूमिका खेलेको उल्लेख छ।

भोटेकोशी विपदपछि नेपालले जलवायु क्षतिपूर्तिको प्रक्रिया अघि बढाएको पनि टाइमको विवरणमा उल्लेख छ। टाइमले संयुक्त राष्ट्र संघको जलवायु कोषबाट २१.६ मिलियन अमेरिकी डलर उपलब्ध गराउने प्रस्तावले प्रारम्भिक स्वीकृति पाएको पनि उल्लेख गरेको छ।