चितवनले टस जित्यो, ब्याटिङमा काठमाडौं, दुबै टोलीमा एक-एक खेलाडी परिवर्तन

बिजमाण्डू
२०८३ कात्तिक २३ गते १६:४९ | Nov 9, 2026
चितवनले टस जित्यो, ब्याटिङमा काठमाडौं, दुबै टोलीमा एक-एक खेलाडी परिवर्तन
टसका क्रममा चितवन र काठमाडौंका कप्तान। तस्बिर: सुशील श्रेष्ठ/बिजमाण्डू


काठमाडौं। चितवन राइनोजले टस जितेर पहिला फिल्डिङ रोजेको छ। नेपाल प्रिमियर लिग (एनपीएल)को आजको दोस्रो खेलमा चितवनका कप्तान सिकन्दर राजाले टस जितेर काठमाडौंलाई ब्याटिङको निम्ता दिएका हुन्।

GBIME
Tata

काठमाडौंले शहाब आलमको स्थानमा गणेश गौतम लाई स्थान दिएको छ। चितवनले डेभिड मलानको स्थानमा कमिल मिलसारालाई स्थान दिएको छ।

अंकतालिकामा काठमाडौं खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा छ। चितवन समान खेलबाट ५ अंक जोड्दै चौथो स्थानमा छ।

काठमाडौंको प्लेइङ ११

करण केसी (कप्तान), भीम सार्की,  राशिद खान, साहिल पटेल, गणेश गौतम, सन्तोष यादव, आदिल आलम, जहानदाद खान,  विल बोसिस्टो, शेहान अरागिचे र डेभिड वार्नर

चितवनको प्लेइङ ११

सिकन्दर राजा(कप्तान), कुशल मल्ल, रवि बोपारा, रिजन ढकाल, कमलसिंह ऐरी, अर्जुन साउद, विवेक कुमार यादव, रञ्जित कुमार, मौसम ढकाल, कमिल मिलसारा, टम टेयलर