पोखराका युवराजले पहिलो शतक बनाउँदा कर्णालीलाई सिजनकै ठूलो लक्ष्य

बिजमाण्डू
२०८३ कात्तिक २३ गते १४:११ | Nov 9, 2026
पोखराका युवराजले पहिलो शतक बनाउँदा कर्णालीलाई सिजनकै ठूलो लक्ष्य


काठमाडौं। पोखरा एभेन्जर्सले कर्णालीविरुद्ध सिजनकै सबैभन्दा ठूलो लक्ष्य प्रस्तुत गरेको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज जारी खेलमा टस जितेर ब्याटिङमा उत्रिएको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २१७ रन बनाएको हो।

GBIME
Tata

पोखरालाई सिजनकै उच्च स्कोरमा पुर्‍याउन ओपनर युवराज साम्राले शतकीय इनिङ्स खेले। उनले ४८ बलमा १० चौका र ६ छक्का प्रहार गर्दै १०२ रन बनाए। त्यस्तै, कुशल भुर्तेलले पनि अर्धशतकीय इनिङ्स खेले। भुर्तेलले ३९ बलमा ७ छक्काको सहायतामा ६२ रन बनाए।

अर्धशतक प्रहार गरेर कुशल भुर्तेल। तस्बिर: सुशील श्रेष्ठ/विजमाण्डू

यो स्कोर एनपीएल इतिहासको दोस्रो ठूलो स्कोर हो। सबैभन्दा ठूलो स्कोर विराटनगर किंग्सले दोस्रो संस्करणमा पोखरा विरुद्ध नै बनाएको थियो। त्यसबेला विराटनगरले ६ विकेट गुमाएर २२० रन बनाएको थियो।

बलिङमा सोमपाल कामीले २ तथा मार्क वाटले १ विकेट लिए।

पोखराको ब्याटिङ। तस्बिर: सुशील श्रेष्ठ/बिजमाण्डू

कर्णाली केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।