एनपीएल:  पोखरा कर्णालीविरुद्ध टस जितेर ब्याटिङ गर्दै,  दुबै टोलीको प्लेइङ ११मा परिवर्तन

बिजमाण्डू
२०८३ कात्तिक २३ गते १२:२३ | Nov 9, 2026
एनपीएल:  पोखरा कर्णालीविरुद्ध टस जितेर ब्याटिङ गर्दै,  दुबै टोलीको प्लेइङ ११मा परिवर्तन
कर्णालीका खेलाडी। फाइल फोटो।


काठमाडौं। पोखरा एभेन्जर्सले कर्णालीविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्।

GBIME
Tata

टीयू क्रिकेट मैदानमा पोखरा आफ्नो पहिलो जितको खोजीमा हुनेछ। आजको हारले उसलाई प्लेअफको होडबाट बाहिर लैजान सक्छ। अर्कोतर्फ पछिल्ला दुई खेलमा हार ब्यहोरेको कर्णाली पनि पोखराविरुद्ध लय फर्काउने लक्ष्यमा हुनेछ। पोखराका सुपरस्टार सकिव अल हसन फर्किइसक्दा कर्णाली भने डेभिड मिलरको उपस्थितिमा आफूलाई बलियो स्थितिमा पाउन सक्छ।

पोखराले टोलीमा तीन परिवर्तन गरेको छ। विवेक राना मगर, सन्नी विक र धनन्जय लक्ष्यनले सागर ढकाल, सुदीप अर्याल र सदीरा समाराविक्रमाको स्थान लिएका छन्।

त्यस्तै, कर्णालीले युनिस सिंह ठकुरी र हुसैन तलतको स्थानमा  युवराज खत्री र जिसन आलमलाई प्लेइङ ११ मा समेटेको छ।

पोखराको प्लेइङ ११

करुणारत्ने (कप्तान), कुशल भुर्तेल, विपिन खत्री, किरण ठगुन्ना, अर्जुन कुमाल, अर्जुन घर्ती मगर,  मेहदी हसन, धनन्जय लक्षन , युवराज साम्रा

कर्णालीको प्लेइङ ११

सोमपाल कामी (कप्तान), गुल्सन झा, नन्दन यादव, दीपक डुम्रे,  पवन सर्राफ, युवराज खत्री, सूर्य तामाङ, डेभिड मिलर, अरिफुल इस्लाम, मार्क वाट र जिसन आलम