लोकसेवाको शाखा अधिकृतको परीक्षामा रामेछापकी ज्योति पहिलो, खुलातर्फ दैलेखबाट धेरै पास

बिजमाण्डू
२०८३ कात्तिक २२ गते १३:२७ | Nov 8, 2026
लोकसेवाको शाखा अधिकृतको परीक्षामा रामेछापकी ज्योति पहिलो, खुलातर्फ दैलेखबाट धेरै पास


काठमाडौं। लोकसेवा आयोगले लिएको शाखा अधिकृतको परीक्षामा रामेछापको गोकुलगंगा गाउँपालिकाकी ज्योति घिमिरेले पहिलो नम्बरमा नाम निकालेकी छन्।

GBIME
Tata

आयोगले लिखित परीक्षा, सूचना प्रविधि सीप परीक्षा सामूहिक परीक्षण र अन्तर्वार्ताका आधारमा सामान्य प्रशासन राजस्व र संसद सेवातर्फ १६९ जनाको सूची सार्वजनिक गरेकामा ज्योतिको नाम एक नम्बरमा निस्किएको हो।

खुलातर्फ ९३ जनामा ज्योतिले पहिलो नम्मरमा नाम निकाल्दा रामेछापबाट अरु भने परेका छैनन्। लोकसेवाले लिने शाखा अधिकृतको परीक्षामा प्राय: गुल्मीबाट सबैभन्दा धेरै पास हुने गरेकामा यसपालि खुलातर्फ दैलेखले सबैलाई उछिनेको छ।

दैलेखका ७ जनाले खुलातर्फ नाम निकालेका छन्।गुल्मी र स्याङजाका ५/५, झापा, सुर्खेत र ओखलढुंगाका ४/४ तथा अर्घाखाँची र बागलुङका ३/३ जना छन्। बाँकी अरु जिल्लाका हुन्।

यस्तै महिलातर्फ २४ जनाको सूचीमा गुल्मी र दाङका ३/३ तथा अर्घाखाँची र सोलुखुम्बुका २/२ जना परेका छन्। बाँकी अरु जिल्लाका हुन्।

आदिवासी जनजातितर्फ २२ जनामा सबैभन्दा धेरै पाल्पा र पाँचथरका ३/३ तथा ताप्लेजुङ र रुकुम पूर्वका २/२ जना परेका छन्।

मधेशीतर्फ १६ जनाको सूचीमा सर्लाहीका ४ र रौतहटका ३ जना छन्। दलिततर्फ ७ जनामा सिन्धुली र सुर्खेतका २/२ तथा अपाङ्गता भएकातर्फ ४ जनामा जुम्ला, झापा, धनकुटा र जाजरकोटका एक एक जनाको नाम निस्किएको छ।

पिछडिएको क्षेत्रतर्फका ३ मध्ये २ जना अछाम र एक जना जाजरकोटका हुन्।