काठमाडौं। खल्तीबाइ आइएमई पाकिस्तानी गायक अतिफ अस्लमको आगामी लाइभ कन्सर्टको डिजिटल टिकेटिङ पार्टनरका रूपमा आबद्ध भएको छ।
जय मिडिया म्यानेजमेन्ट प्रालिले आगामी पुस ४ गते इटहरी रंगशालामा गर्न लागेको ‘अतिफ अस्लम लाइभ इन नेपाल’ कन्सर्टमा खल्ती डिजिटल टिकेटिङ पार्टनरका रूपमा आबद्ध भएको हो।
कन्सर्टमा सहभागी हुन चाहने दर्शकले डिजिटल माध्यमबाट टिकट खरिद गर्न सक्ने खल्तीले जनाएको छ। खल्तीले डिजिटल टिकेटिङ पार्टनरका रूपमा कन्सर्टको टिकट खरिद प्रक्रियालाई सहज, सुरक्षित र सुविधाजनक बनाउने बताएको छ।
अतिफ अस्लमले आफ्ना लोकप्रिय गीतमार्फत नेपाली दर्शकमाझ लाइभ प्रस्तुति दिनेछन्।
‘ताजदार-ए-हरम’, ‘तेरेबिन’, ‘दिल दियाँ गल्लाँ’लगायत गीतका कारण उनी विश्वभरका संगीत प्रेमीमाझ परिचित छन्। उनको लाइभ प्रस्तुति हेर्न भारत र अन्य दक्षिण एसियाली देशका दर्शकसमेत सहभागी हुने खल्तीको अपेक्षा छ।










