मिड सोलु हाइड्रोपावरले नाफा बढाउँदै पहिलो त्रैमासमा कमायो ५ करोड ७४ लाख रुपैयाँ

बिजमाण्डू
२०८३ कात्तिक २० गते ११:४७ | Nov 6, 2026
मिड सोलु हाइड्रोपावरले नाफा बढाउँदै पहिलो त्रैमासमा कमायो ५ करोड ७४ लाख रुपैयाँ


काठमाडौं। मिड सोलु हाइड्रोपावरले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ७४ लाख रुपैयाँ नाफा कमाएको छ। कम्पनीले ३ महिनामा आर्जन गरेको मुनाफा पोहोर पहिलो त्रैमासको तुलनामा ३७.३९ प्रतिशत बढी हो।

GBIME
Tata

हाइड्रोपावरले पोहोर ३ महिनामा ४ करोड १८ लाख रुपैयाँ नाफा कमाएको थियो। विद्युत् बिक्रीबाट आम्दानी बढ्दा कम्पनीको नाफामा उकालो लागेको हो।

यो वर्ष असोजसम्म मिड सोलु हाइड्रोपावरले १० करोड ५३ लाख रुपैयाँ आम्दानी गरेको छ। यो रकम पोहोर सोही अवधिको तुलनामा १७.४४ प्रतिशत बढी हो।

पोहोर पहिलो ३ महिनामा हाइड्रोपावरले ८ करोड ९७ लाख रुपैयाँ आम्दानी गरेको थियो। बैंकको ब्याजदर घट्दा हाइड्रोपावरको वित्तीय लागत पनि घटेको छ।