धनतेरसको दिन सुनको मूल्यमा प्रति तोला ५ हजार ९०० रुपैयाँले गिरावट, चाँदी पनि सस्तियो

बिजमाण्डू
२०८३ कात्तिक २० गते ११:०४ | Nov 6, 2026
धनतेरसको दिन सुनको मूल्यमा प्रति तोला ५ हजार ९०० रुपैयाँले गिरावट, चाँदी पनि सस्तियो


काठमाडौं। धनतेरसको दिन सुनचाँदीको मूल्य सस्तिएको छ। अघिल्लो दिनको तुलनामा शुक्रबार सुन तोलामा ५ हजार ९ सय रुपैयाँले घटेको हो।

GBIME
Tata

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको कारोबार मूल्य प्रति तोला २ लाख ८३ हजार रुपैयाँ निर्धारण भएको छ।

बिहीबार सुन तोलामा १३ हजार ३ सय रुपैयाँ बढेर प्रति तोला २ लाख ८८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य शुक्रबार तोलाको ३ हजार ८१० रुपैयाँमा आइपुगेको छ। शुक्रबार चाँदी प्रति तोला ११० रुपैयाँ घटेको छ।

बिहीबार चाँदी प्रति तोलामा २ सय ६५ रुपैयाँले बढेर प्रति तोला ३ हजार ९२० रुपैयाँ पुगेको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य शुक्रबार प्रति औँस ४०५०.३ डलर छ। चाँदी प्रति औँस ५१.६१ डलर छ।