काठमाडौंको कसिलो बलिङसामू विराटनगरको ब्याटिङ संघर्ष, ८३ रनमा अलआउट

बिजमाण्डू
२०८३ कात्तिक १९ गते १८:४० | Nov 5, 2026
काठमाडौंको कसिलो बलिङसामू विराटनगरको ब्याटिङ संघर्ष, ८३ रनमा अलआउट
विराटनगरको ब्याटिङ संघर्ष। तस्बिर: सुशील श्रेष्ठ/बिजमाण्डू


काठमाडौं। विराटनगर किंग्सले काठमाडौं गोर्खाजसामू ८४ रनको सामान्य चुनौती प्रस्तुत गरेको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सम्पन्न खेलमा टस हारेर ब्याटिङमा उत्रिएको विराटनगरले १८.३ ओभरमा अलआउट हुँदै ८३ रन बनाएको हो।

GBIME
Tata

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सुरुवाती ब्याटिङमा उत्रिएको विराटनगर ८.३ ओभरमा पुग्दा ३०-६ को लज्जास्पद स्थितिमा पुगिसकेको थियो। यहाँबाट हेर्दा उसले जनकपुरको एनपीएल इतिहासकै कम स्कोरको खराव कीर्तिमान तोड्ने देखिन थालेको थियो। जनकपुरले ५१ रनमा अलआउट हुँदै यो खराब कीर्तिमान आफ्नो नाममा राखेको छ।

शीर्षक्रम र मध्यक्रमका ब्याटर नचले पनि तल्लो क्रमका रुपेश सिंहले २६ र मध्यक्रमका एन्जेलो म्याथ्युजले २२ रन बनाउँदै विराटनगरको गर्जो टारे। यी बाहेक १० रन बनाएका बसीर अहमदले मात्रै दोहोरो अंकमा रन जोड्न सके।

घातक बलिङ गर्ने क्रममा काठमाडौंका सन्तोष यादवले ३ विकेट लिँदा करण केसी र सहान अरागिचेले समान २ तथा जहानदाद खान, शाहब आलम र देव साहले समान १ विकेट लिए।

काठमाडौं जवाफी ब्याटिङमा उत्रिँदैछ।