अन्तर्राष्ट्रिय महाप्रबन्धक संघको सदस्यमा चन्द्रागिरि हिल्सका महाप्रबन्धक शाह, पहिलो नेपाली

बिजमाण्डू
२०७८ चैत्र १ गते १२:४८ | Mar 15, 2022

काठमाडौं। चन्द्रागिरि हिल्स रिसोर्टका महाप्रबन्धक अभिषेक विक्रम शाहले होटल महाप्रबन्धकहरूको अन्तर्राष्ट्रिय संघको सदस्यता प्राप्त गरेका छन्।

Tata
GBIME
NLIC

 

शाह होटल महाप्रबन्धकहरूको अन्तर्राष्ट्रिय संघको सदस्यता पाउने पहिलो नेपाली महाप्रबन्धक हुन्। दुबईमा मुख्य कार्यालय रहेको यो संस्था विश्वभरका होटल महाप्रबन्धकको छाता संगठन हो।

हस्पिटालिटी क्षेत्रमा कुशल व्यवस्थापकको छवि बनाएका महाप्रबन्धक शाह थुप्रै अन्तर्राष्ट्रिय अवार्डहरूबाट सम्मानित भइसकेका छन्।