काठमाडौं। सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ।
अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसका आधारमा मंगलबारको मन्त्रिपरिषद बैठकले थापालाई अध्यक्षमा नियुक्त गरेको हो। बुधबार नै अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले थापालाई पद तथा गोपनीयताको शपथ समेत गराए।
शपथपछि मन्त्री वाग्लेले बीमा क्षेत्रको श्रेय वृद्धिमा निडर र निर्धक्क भएर काम गर्न निर्देशन दिए।
थापा नेपाल राष्ट्र बैंकका बहालवाला कार्यकारी निर्देशक हुन्।










