दानबहादुरलाई हटाएर सरकारले मनोज केसीलाई बनायो प्रहरी महानिरीक्षक

बिजमाण्डू
२०८३ कात्तिक १८ गते १३:५३ | Nov 4, 2026
दानबहादुरलाई हटाएर सरकारले मनोज केसीलाई बनायो प्रहरी महानिरीक्षक
मनोज केसी


काठमाडौं। सरकारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई हटाएको छ।

GBIME
Tata

प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार अपराह्न मन्त्रिपरिषद् बैठक राखेर कार्कीलाई आइजीपीबाट हटाएका हुन्।

सरकारले कार्कीको ठाउँमा डा. मनोज केसीलाई आइजीपी बनाएको छ। दानबहादुर ठिक एक वर्षअघि अर्थात २०८२ कात्तिक २४ गते महानिरीक्षकमा बढुवा भएका थिए।

त्यतिखेर कार्कीसँगै केसी पनि महानिरीक्षकको दौडमा थिए। तर, तत्कालीन चुनावी सरकारले कार्कीलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको थियो। ३० वर्षे सेवा अवधिका कारण कार्कीको कार्यकाल २०८४ चैतसम्म थियो। कार्की र केसी २०५४ चैत १८ गते सँगै भर्ना भएका थिए।

कार्कीको कामबाट प्रधानमन्त्री बालेन लामो समयदेखि असन्तुष्ट थिए। तत्कालीन उद्योगमन्त्री गौरीकुमारी यादवलाई नियन्त्रणमा लिन दिएको निर्देशन कार्यान्वयन गर्न अटेर गरेकोदेखि पछिल्लोपटक पत्रकारलाई गरिएको धरपकडमा सरकारलाई साथ नदिएको भन्दै कार्कीसँग बालेन रुष्ट थिए। कार्कीले प्रधानमन्त्रीको सचिवालयले निर्देशन दिंदा विधि र प्रक्रियाको कुरा गर्ने गरेका थिए।

बालेनले कार्कीलाई स्पष्टीकरणको मौका नै नदिइ हटाएका हुन्। कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको एक मन्त्रीले जानकारी दिए।