बससेवाले तिहार र छठलाई खुलायो अग्रिम टिकट बुकिङ, प्रोमो कोड राखेर पाइन्छ छुट

बिजमाण्डू
२०८३ कात्तिक १८ गते ११:४९ | Nov 4, 2026
बससेवाले तिहार र छठलाई खुलायो अग्रिम टिकट बुकिङ, प्रोमो कोड राखेर पाइन्छ छुट


काठमाडौं । अनलाइन बसटिकट प्लाटफर्म बससेवाले तिहार तथा छठलाई लक्षित गरी अग्रिम टिकट बुकिङ खुलाएको छ।

GBIME
Tata

‘बससेवाले तिहार र छठमा लाइन होइन, अनलाइन रोजौं’ भन्दै बुधबारदेखि सबै रुटमा अग्रिम टिकट खुला गरेको जनाएको हो।

अग्रिम टिकट बुकिङ गर्दा ग्राहकलाई विशेष छुटको समेत व्यवस्था गरिएको छ। बससेवाका असिस्टेन्ट म्यानेजर दीपक बिकेका अनुसार तिहार तथा छठको अवसरमा बस टिकट बुकिङ गर्दा हरेक यात्रुले १०० रुपैयाँ छुट प्राप्त गर्न सक्नेछन्।

साथै, तिहार र छठका लागि छुट्टाछुट्टै प्रोमो कोड राखेर छुट राख्न सकिनेछ।

यस्तै, यात्रु सुरक्षाका लागि बससेवाले यात्रुको इन्स्युरेन्सको पनि व्यवस्था गरेको जनाएको छ। बससेवा इन्स्युरेन्ससहित सुरक्षित यात्राको अनुभव लिन बससेवाको आग्रह छ।

यसका लागि टिकट बुकिङसँगै वैकल्पिक यात्रा बीमा सुविधा लिन सकिनेछ। यात्रुहरूले आफ्नो रोजाइअनुसार १ लाख, ३ लाख र ५ लाखसम्मको बीमा सुविधा छनोट गर्न सक्नेछन्।

बस सेवा नेपालको अग्रणी अनलाइन बस टिकट उपलब्ध गराउने कम्पनी हो। बस सेवाले एक दशकभन्दा बढी समयदेखि नेपालका ७० भन्दा बढी जिल्लामा संचालन हुने अत्याधुनिक र सुविधासम्पन बसहरूको टिकट उपलब्ध गराउँदै आएको जनाएको छ।