काठमाडौं। सरकारले नेपाल रि-इन्स्योरेन्समा हकप्रद सेयर बापत थप लगानी गर्ने भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कम्पनीमा हकप्रद सेयरबापत थप लगानी गर्न अर्थ मन्त्रालयलाई सहमति दिएको छ।
नेपाल रि-इन्स्योरेन्सको चुक्ता पुँजी अहिले १३ अर्ब ४२ करोड रुपैयाँ छ। इन्स्योरेन्सले २० अर्ब रुपैयाँ पुँजी कायम गर्न बाँकी रकम हकप्रद सेयर निष्कासन गर्ने जुटाउने निर्णय गरेको थियो।
नेपाल बीमा प्राधिकरणले २०८० माघमा रि-इन्स्योरेन्सको चुक्ता पुँजी दोब्बर बनाउने निर्णय गरेकामा नेपाल रिमा सरकारको लगानी अनिश्चित हुँदा पुँजी बढाउने प्रक्रिया रोकिएको थियो।
नेपाल रि इन्स्योरेन्समा सरकारको ४४.०४ प्रतिशत लगानी छ।









