काठमाडौं। विराटनगर किंग्सले जनकपुर बोल्ट्ससामू १ सय ५४ रनको लक्ष्य प्रस्तुत गरेको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज जारी पहिलो खेलमा टस हारेर ब्याटिङमा उत्रिएको विराटनगरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ७४ रन बनाएको हो।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जनकपुरका कप्तान हरमीत सिंहले टस जितेर बलिङ रोजेका थिए। सुरुवाती ब्याटिङमा उत्रिएको विराटनगरले पहिलो ओभरमै ओपनर शेहान जयसूर्यालाई गुमाए पनि इमरान शेख र लोकेश बम मिलेर इनिङ्स उकासे। यी दुईले १०७ रनको साझेदारी गर्ने क्रममा शेखले ५६ तथा बमले ५० रन बनाए। यी दुबै सेट ब्याटरलाई जनकपुरका अभिषेक तिवारीले पभेलियन फर्काए। विराटनगरका लागि तेस्रो शतक बनाए आन्द्रे रसेलले। उनले २९ बलमा २ चौका र ५ छक्काको सहायतामा अविजित ५२ रन बनाए।

बलिङमा अभिषेक तिवारीले २ विकेट लिँदा ललित राजवंशीले १ विकेट लिए।
विराटनगर जवाफी ब्याटिङमा उत्रिँदैछ।









