बिचौलियासँगको संवादले विवादमा तानिएका सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाल बिदामा

बिजमाण्डू
२०८३ कात्तिक १७ गते १२:४७ | Nov 3, 2026
बिचौलियासँगको संवादले विवादमा तानिएका सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाल बिदामा


काठमाडौं। बिचौलिया इनम सापकोटासँगको संवादका कारण विवादमा तानिएका सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल बिदामा बसेका छन्।

GBIME
Tata

प्रधानन्यायाधीश मनोजकुमार शर्माको सचिवालयका अनुसार न्यायाधीश फुयाल मंगलबारदेखि कात्तिक २० गतेसम्म बिदामा बसेका हुन्। त्यसपछि तिहार बिदा सुरु हुनेछ।

इनमसँगको ह्वाट्सएप संवाद बाहिरिएपछि न्यायाधीश फुयालले आफैं इनमलाई होटल हिमालयमा भेटेको बताएका थिए। उनले आफूबाहेक अरु न्यायाधीशले पनि इनमसँग भेटेको बताएका छन्। यस विषयमा सर्वोच्च अदालतको फूलकोर्टले सत्यतथ्य छानबिन गर्न सम्बद्ध निकायलाई आग्रह गरेको छ।

इनम हाल सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धानका लागि प्रहरी हिरासतमा छन्।