फेरिचे हेलिकोप्टर दुर्घटना : मृत्यु हुनेमा एकजना भारतीय पर्यटक, घाइतेलाई काठमाडौं ल्याइयो

बिजमाण्डू
२०८३ कात्तिक १७ गते ११:१५ | Nov 3, 2026
फेरिचे हेलिकोप्टर दुर्घटना : मृत्यु हुनेमा एकजना भारतीय पर्यटक, घाइतेलाई काठमाडौं ल्याइयो


काठमाडौं। लुक्ला क्षेत्रको खुम्बु पासाङल्हामु गाउँपालिका-४ स्थित फेरिचेमा मंगलबार बिहान भएको हेलिकोप्टर दुर्घटनामा परेर मृत्यु हुनेमा एक जना भारतीय पर्यटक छन्। घटनामा पाइलटसहित ३ घाइते भएका छन्।

GBIME
Tata

पर्यटक लिएर लुक्लाबाट पुगेको फिस्टेल एयरको कलसाइन नाइन एन-एजेआर र एयर डाइनेस्टीको नाइन एन एओडी कलसाइनको कार्गो उडान गरेको हेलिकोप्टर अवतरणका क्रममा आपसमा ठोक्किएर दुर्घटना भएको हो।

फिस्टेल एयरको हेलिकोप्टरमा पाइलटसहित ३ जना सवार थिए। दुर्घटनामा परेर एक जनाको मृत्यु भएको पुष्टि भएको छ। सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी कमानसिं थापामगरका अनुसार घटनामा मृत्यु हुनेमा भारतीय पर्यटक वसन्त कुमार छन्।

घाइते भारतीय मूलका न्युजिल्यान्डका पर्यटक शैलेश किसनलाई उपचारार्थ काठमाडौं ल्याइएको छ। पाइलटको लुक्लामै उपचार भइरहेको छ।

डाइनेस्टीको हेलिकोप्टरमा भने एक पाइलट मात्र सवार थिए। दुर्घटनामा घाइते भएका उनलाई काठमाडौं ल्याइएको छ।

घटना मंगलबार बिहान करिब ८ : ११ बजे भएको थियो।