भान्सा नेपाली तर प्रयोग हुने अधिकांश उत्पादन विदेशको, कुन सामान कुन देशबाट आउँछ?

सरला सुवेदी
२०८३ कात्तिक ४ गते १२:०९ | Oct 20, 2026
भान्सा नेपाली तर प्रयोग हुने अधिकांश उत्पादन विदेशको, कुन सामान कुन देशबाट आउँछ?


काठमाडौं । हरेक दिन बिहान/बेलुका हाम्रो भान्छामा पाक्छ भात, दाल, तरकारी र अचार। अहिले दसैंको समयमा त झन् थरीथरीका परिकार पाक्दै होला। तर, कहिल्यै सोच्नुभएको छ, भान्छामा पाकिरहेका यी खाद्यवस्तु कहाँबाट आइपुग्छन्?

GBIME
Tata

‘कृषिप्रधान देश’ को परिचय बोकेको नेपालमा खेतबारी र सम्भावनाको कमी छैन। यद्यपि, बिहानको चियामा हालिने चिनीदेखि बेलुकाको खानामा पड्काइने जिरा/धनियाँसम्म अधिकांश वस्तु विदेशबाट आयात गर्नुपर्ने अवस्था छ।

नेपालमा चामल दाल, तेल, गहुँ, मकैदेखि फलफूल उत्पादन हुने गरेको छ। देशमा माग अनुसारको उत्पादन नहुनु र भएका उत्पादन पनि उचित बजार नपुगी महँगो हुनुका कारण नेपाली भान्छा दिनानुदिन विदेशी उत्पादनमा निर्भर बन्दै गएको छ।

भारत, युक्रेन, चीन, अर्जेन्टिना, भियतनाम, टुर्कीए, ब्राजिल, थाइल्याण्ड, इटाली र मेक्सिकोबाट समेत अन्नहरु नेपाल आयात हुने गर्छ। छन्।

नेपालमा कुल आयात मध्ये २.८५ प्रतिशत अन्न आयात हुन्छ। आर्थिक वर्ष २०८२/८३ मा ५९ अर्ब ६६ करोड रुपैयाँको अन्न आयात भएको छ। बजारमा धान, चामल, मकैं गहुँ, दाल, फलफूल र मसलाहरु धेरै जस्तो भारतबाट आयात हुने गरेको छ। अन्न आयातमा भारतको हिस्सा ९८ प्रतिशत छ।

दालहरु अष्ट्रेलिया, भारत म्यानमार, तान्जानिया, क्यान्डा, ब्राजिल लगायत १० भन्दा बढी देशबाट आयात हुन्छ।

सबैभन्दा बढी फलफूल आयात चीनबाट हुने गरेको छ। आयात भएका फलफूल मध्ये सबैभन्दा बढी हिस्सा ५९.३२ प्रतिशत चीनको रहेको छ। आर्थिक वर्ष २०८२/८३ मा नेपालमा २४ अर्ब ८९ करोड रुपैयाँको फलफूल आयात भएको थियो।

ताजा तरकारी आयातमा भारतको हिस्सा ८५.६५ प्रतिशत छ। यो सहित अन्य ९ भन्दा बढी देशबाट पनि तरकारी आयात हुन्छ।

ताजा तरकारीको लागि पनि विदेशकै उत्पादन आयात गर्नुपर्ने अवस्था छ। भारत, चीन, बंगलादेश, थाइल्याण्ड लगायत अन्य मुलुकबाट तरकारी आयात हुँदै आएको छ।

नेपालको कुल आयात मध्ये १ खर्ब ३२ करोड रुपैयाँको भटमासको कच्चा तेल आयात भएको छ। भटमासको कच्चा तेल आयातमा सबैभन्दा बढी अर्जेन्टिनाको हिस्सा रहेको छ। आयात मध्ये  ७४.४४ प्रतिशत अर्जेन्टिनाबाट भएको छ।

सूर्यमुखी तेलको ७९ प्रतिशत हिस्सा अर्जेन्टिना र  युक्रेन रहेको छ। सूर्यमुखीको कच्चा तेल नेपालको कुल आयातको १.०४ प्रतिशत हिस्सा रहेको छ।

दलहन आयातमा ठुलो परिमाणमा अष्ट्रेलियाबाट आयात हुने गरेको छ। नेपालमा २०८२/८३ मा १६ अर्ब १७ करोड रुपैयाँको दलहन भएको छ। जुन नेपालको कुल आयातको ०.७७ प्रतिशत रहेको छ।

कच्चा पाम तेलको आयातको ६५ प्रतिशत हिस्सा इन्डोनेसियाको छ।

नेपालमा कुल आयातको ०.४८ प्रतिशत मसला विदेशबाट आयात हुन्छ। आर्थिक वर्ष २०८२/८३ मा १० अर्ब १६ करोड रुपैयाँको मसला आयात भएको छ। आयात हुने मसलाको ७४.१३ प्रतिशत हिस्सा भारतको छ।

कुन देशबाट कुन खाद्यवस्तु भित्रिन्छ ?

क्र.सं.खाद्यवस्तुआयात हुने देश
१धानभारत
२गैर-बासमती चामलभारत
३बासमती चामलभारत
४गहुँभारत, अस्ट्रेलिया, लिथुवानिया
५मकैभारत
६दाल तथा दलहनअस्ट्रेलिया, भारत, म्यानमार, तान्जानिया, क्यानडा, ब्राजिल, इथियोपिया, युक्रेन, चीन, मोजाम्बिक
७भटमासको कच्चा तेल अर्जेन्टिना, ब्राजिल, चीन, पाराग्वे, युक्रेन, भियतनाम
८सूर्यमुखीको कच्चा तेल अर्जेन्टिना, पाराग्वे, युक्रेन
९कच्चा पाम तेल इन्डोनेसिया
१०तोरीको दानाभारत
११कच्चा तोरीको तेलसमाचारमा स्रोत देश स्पष्ट उल्लेख छैन
१२स्याउचीन, भारत
१३एभोकाडोयुगान्डा, भारत
१४भुइँकटहरभारत
१५अम्बाभियतनाम, भारत
१६आँपचीन, भारत
१७सुन्तलाभारत, इजिप्ट, दक्षिण अफ्रिका
१८अन्य ताजा फलफूलचीन, भारत, टुर्की, इजिप्ट, अस्ट्रेलिया लगायत
१९ताजा तरकारीभारत, चीन, बंगलादेश, थाइल्यान्ड लगायत
२०धनियाँभारत, युक्रेन, अर्जेन्टिना, बुल्गेरिया
२१जिराभारत
२२मेथीभारत
२३अन्य मसलाहरूभारत, इन्डोनेसिया, भियतनाम, ग्वाटेमाला, चीन, बुल्गेरिया, युक्रेन, इजरायल

नेपालमा वार्षिक रुपमा ४० अर्ब भन्दा बढीको धान, नन बासमती चामल, बासमती चामल भारतबाट आयात भइरहेको छ।

नेपालमा कच्चा तोरी, सूर्यमुखी र भटमास आयात भएर प्रशोधित भइ भारतमा निर्यात हुने गरेको छ। भारतबाट तेल आयात हुँदैन।

त्यस्तै, धनिया भारत सहित युक्रेन, अर्जेन्टिना र बुल्गेरियाबाट आयात हुन्छ। जिरा भारतबाट आयात हुन्छ भने मेथी पनि भारतबाट आयात हुँदै आएको छ। अन्य मसलाहरु चीन र इजरायलबाट पनि आयात हुने गरेको छ।

गहुँ अष्ट्रेलियासँगै भारत र लिथुवानियाबाट समेत आयात हुँदै आएको छ। धेरै गहुँको आयात भने भारतबाटै हुन्छ।

नेपालमा खाद्यवस्तु आयातको अवस्था

खाद्यवस्तुआर्थिक वर्ष २०८२/८३ को आयात मूल्यप्रमुख स्रोत वा हिस्सा
अन्न तथा खाद्यान्नरु. ५९ अर्ब ६६ करोडभारतको हिस्सा ९८%
ताजा फलफूलरु. २४ अर्ब ८९ करोडचीनको हिस्सा ५९.३२%
दाल तथा दलहनरु. १६ अर्ब १७ करोडअस्ट्रेलियासहित १० भन्दा बढी देश
भटमासको कच्चा तेलरु. १ खर्ब ३२ करोडअर्जेन्टिनाको हिस्सा ७४.४४%
सूर्यमुखीको कच्चा तेल–अर्जेन्टिना र युक्रेनको संयुक्त हिस्सा ७९%
कच्चा पाम तेल–इन्डोनेसियाको हिस्सा ६५%
मसलारु. १० अर्ब १६ करोडभारतको हिस्सा ७४.१३%

मकै आयातमा पनि नेपाल भारतमै निर्भर छ। कच्चा सोयाबिन आयल अर्जेन्टिना, ब्राजिल, चीन, पाराग्वे, युक्रेन र भियतनामाबाट आयात हुन्छ।

क्रुड सनफ्लावर आयल अर्जेन्टिना,पाराग्वे र युक्रेनबाट आयात हुन्छ। तोरीको दाना भने भारतबाट आयात हुन्छ।

फलफूलमा पनि नेपाल विदेशकै निर्भरमा छ। धेरै स्याउ चीनबाट आयात हुने गरेको छ। भारतसँगै अन्य देशबाट पनि स्याउ आउने गर्छ।

अहिले नेपालीबजारमा एभोगाडोको माग उच्च छ। नेपालमै केही उत्पादन भए पनि त्यसले बजारको माग धान्दैन। त्यसैले युगान्डासहित भारतबाट पनि एभोगाडो आयात हुन्छ।

धेरै भुइँकटर भारतबाट नेपाल भित्रिने गर्छ भने अम्बा भियतनामबाट आउने गर्छ। भारतबाट पनि अम्बा नेपाल ल्याएर बिक्री गरिन्छ।

नेपालमा आँप उत्पादन नहुने होइन। तर चीनसँगै भारत, टुर्कीए, इजिष्ट र अष्ट्रेलिया लगायत विभिन्न मुलुकबाट समेत आँप नेपालमा ल्याइन्छ। 

सुन्तलामा पनि नेपालको भर विदेशी उत्पादननै छ। भारत, इजिप्ट र दक्षिण अफ्रिकाबाट सुन्तला आयात हुने गरेको छ।

आर्थिक वर्ष २०८२/८३ को तथ्यांकलाई हेर्दा नेपाली भान्छामा प्रयोग भइरहेका सामानहरु आयात गर्नुपर्दा खर्बौं रुपैयाँ विदेशिने गरेको देखिन्छ। यो ‘ट्रेन्ड’ नयाँ भने होइन।

स्वदेशी उत्पादन महँगो पर्नु र बजार व्यवस्थापन चुस्त नहुँदा व्यापारीहरुले सस्तो मूल्यमा बाहिरबाट आयात गर्ने परिपाटी पहिलादेखि कै हो।

अन्न, तरकारी र फलफूल उत्पादनको ठूलो सम्भावना हुँदाहुँदै पनि नीतिगत सुधार र कृषकलाई प्रोत्साहन नगरेसम्म नेपाली भान्छामा परदेशी निर्भरता नघट्ने कृषि विज्ञहरु बताउँछन्।