फर्स्ट माइक्रोफाइनान्सले गर्‍यो लाभांश घोषणा, सेयरधनीलाई ११.०५ प्रतिशत प्रतिफल

बिजमाण्डू
२०८३ असोज २८ गते १०:०३ | Oct 14, 2026
फर्स्ट माइक्रोफाइनान्सले गर्‍यो लाभांश घोषणा, सेयरधनीलाई ११.०५ प्रतिशत प्रतिफल


काठमाडौं। फर्स्ट माइक्रोफाइनान्सले लाभांश घोषणा गरेको छ। फाइनान्सले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।

GBIME
Tata

माइक्रोफाइनान्सका सेयरधनीले पोहोरको मुनाफाबाट चुक्ता पुँजीको ११.०५ प्रतिशतले हुन आउने १४ करोड ८६ लाख ४३ हजार रुपैयाँ नगद लाभांश पाउनेछन्।

कम्पनीको अहिले १ अर्ब ३४ करोड ४८ लाख रुपैयाँ चुक्ता पुँजी छ। नेपाल राष्ट्र बैंक र माइक्रोफाइनान्सको साधारणसभाबाट स्वीकृतिपछि सेयरधनीले प्रतिफल पाउनेछन्।