केही दिनको निरन्तरको झरीपछि काठमाडौं उपत्यकाको मौसम खुल्न थालेको छ। मौसम खुलेसँगै उपत्यकका पहाड पछाडि हिमालहरु देखिन थालेका छन्।
रिङरोडबाट यात्रा गर्दा होस् कि होचो स्थानमा पुग्दा होस् अहिले हिमाल देखिएको हुन्छ। बिहान र साँझ भ्यूप्वाइन्टहरुमा पुग्ने र सूर्योदय र सूर्यास्त हेर्न पुग्नेहरु पनि बढेका छन्।

मौसमका कारण पछिल्लो समय काठमाडौंबाट हिमालहरु देखिन बिरैले पाइन्छ। अझ प्रष्टसँगै सेता हिमालहरु देखिन यस्तै ठूलो र निरन्तरको वर्षा कुर्नै पर्छ।
अन्य दिनहरुमा बाक्लो तुँवालो र कुइरोले काठमाडौंलाई छोपेको हुन्छ।
त्यसैले त अहिले कता कता हिमाल देखिए देखिए जस्तो फिलिङ काठमाडौंले महसुस गरिरहेको छ।
















