स्वर्णिमको सुधार योजनापछि वाणिज्य बैंकहरुको सेयर मूल्य २.०९ प्रतिशतले वृद्धि, कुनको कति बढ्यो?

बिजमाण्डू
२०८३ असोज ११ गते १७:२६ | Sep 27, 2026
स्वर्णिमको सुधार योजनापछि वाणिज्य बैंकहरुको सेयर मूल्य २.०९ प्रतिशतले वृद्धि, कुनको कति बढ्यो?


काठमाडौं। सरकारले सेयर बजार सुधारका लागि २१ बुँदे योजना सार्वजनिक गरेयता नेप्से परिसूचक ४४.७७ अंकले वृद्धि हुँदा वाणिज्य बैंकहरुको सेयर मूल्य २.०९ प्रतिशतले बढेको छ।

Vigo
GBIME
Tata

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले २१ बुदँदे कार्ययोजना सार्वजनिक गरेको दिन भदौ २९ गते २५८५.०४ विन्दुमा रहेकाो नेप्से सूचक बढेर २६२९.८१ विन्दुमा पुग्दा वाणिज्य बैंकहरुको औसत सेयर मूल्य २.०९ प्रतिशतले बढेको हो।

समग्र बजार भने १.७३ प्रतिशतले वृद्धि हुँदा बैंकहरुको सेयर मूल्य न्यूनतम ०.७३ प्रतिशतदेखि अधिकतम ९ प्रतिशतसम्म बढेको छ।

यो अवधिमा १६ वटा बैंकको सेयर मूल्य बढ्दा ४ वटाको भने घटेको छ। तीन वटाले लाभांश घोषणा गरी साधारणसभाका लागि बुक क्लोज गरी मूल्य समायोजन हुँदा मूल्य केही घटेको हो। नेपाल एसबिआई बैंकको सेयर मूल्य भने ०.१७ प्रतिशतले घटेको छ।

लक्ष्मी सनराइज बैंकको सेयर मूल्य सबैभन्दा धेरै ८.९८ प्रतिशतले बढेको छ। भदौ २९ गते प्रति कित्ता २२९ रुपैयाँ रहेको लक्ष्मी सनराइज बैंको सेयर मूल्य अहिले २५० रुपैयाँ छ।

यस्तै सिद्धार्थ बैंकको सेयर मूल्य सबैभन्दा धेरै ८.२५ प्रतिशतले बढेको छ। यो बीचमा ७ दिन खुलेको बजारमा सिद्धार्थ बैंकको सेयर मूल्य ८.२५ वृद्धि भई प्रति कित्ता सेयर मूल्य ४५६.८ रुपैयाँ पुगेको छ। भदौ २९ गते कारोबार बन्द हुँदा यो बैंकको सेयर मूल्य प्रति कित्ता ४२२ रुपैयाँ थियो।

एनआइसी एसिया बैंकको सेयर मूल्य सबैभन्दा कम ०.७३ प्रतिशतले बढेर प्रति कित्ता ३१६.३० रुपैयाँ पुगेको छ।

सेयर मूल्य प्राइम कमर्सियलको ६.२, एनएमबि बैंकको ५.८ प्रतिशत, सिटिजन्स बैंकको सेयरमूल्य ५.६४, कुमारीको ४.०२, कृषि विकास बैंकको ३.६४, पाल इन्भेष्टमेन्ट ३.४६, नेपाल बैंकको ३.३६, माछापुच्छ्रे बैंकको ३.११, नबिल बैंकको २.७१, स्टान्डर्ड चार्टर्ट बैंकको १.११ र प्रभु बैंकको १.०८ प्रतिशतले बढेको छ।

केही बैंकको सेयर मूल्य लाभांश घोषणाका कारण पनि बढेको हो। हालसम्म ८ वटा बैंकले लाभांश घोषणा गरेका छन्। सिद्धार्थ बैंकले सबैभन्दा धेरै २० प्रतिशत लाभांश घोषणा गरेको छ।

सरकारले पुँजीगत लाभकर ५० प्रतिशत घटाउनुका साथै संस्थागत लगानीकर्तालाई प्रोत्साहन गर्ने नीति लिएको छ। बैंक तथा वित्तीय संस्थाले सूचीकृत कम्पनीको सेयर र डिबेञ्चरमा गरेको लगानी ६ महिनासम्म होल्ड गर्नुपर्ने व्यवस्थामा राष्ट्र बैंकले लचकता अपनाएको छ। त्यस्तो अवधि अब ४५ दिनमा झारिएको छ।

पुँजी बजार सुधारको योजनापछि कुन बैंकको सेयर मूल्य कतिले बढ्यो?

वाणिज्य बैंकभदौ २९ गतेको
सेयर मूल्य (रुपैयाँमा)
असोज ८ गतेको
सेयर मूल्य (रुपैयाँमा)
फरक
(प्रतिशत)
कृषि विकास बैंक३०२३१३३.६४
सिटिजन्स२०२२१३.४५.६४
एभरेष्ट७२४६९७.४-३.६७
ग्लोबल आइएमई बैंक२५३२४३.८-३.६४
कुमारी२१६.९२२६४.२
लक्ष्मी सनराइज२२९.४२५०८.९८
माछापुच्छ्रे२५१२५८.५३.११
नबिल५५४५६९२.७१
नेपाल२८२.५२९२३.३६
नेपाल इन्भेष्टमेन्ट मेगा१८८.११९४.६३.४६
एनएमबि२४३२५७.१५.८
प्राइम२४२२५७६.२
प्रभु१८५.३१८७.३१.०८
स्टान्डर्ड चार्टर्ड६५०६५७.२१.११
सानिमा३७३३६८-१.३४
हिमालयन१९०१९५.५२.८९
एनआईसी एसिया३१४३१६.३०.७३
नेपाल एसबिआई४०४.९४०४.२-०.१७
सिद्धार्थ४२२४५६.८८.२५
स्रोत : नेपाल स्टक एक्सचेञ्ज