काठमाडौं। सुनचाँदीको मूल्य ओरालो लागेको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ५ सय रुपैयाँ र चाँदी तोलामा ३० रुपैयाँले सस्तो भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको कारोबार मूल्य प्रति तोला २ लाख ९८ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ।
बिहीबार सुन तोलामा ३ हजार २ सय रुपैयाँले घटेर प्रति तोल २ लाख ९९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
महासंघका अनुसार केही दिनयता सुनको भाउमा उतारचढाव भइरहँदा बजारमा कारोबार न्यून छ।
चाँदीको मूल्य शुक्रबार प्रति तोला ४ हजार ६ सय २० रुपैयाँ छ। बिहीबार चाँदी प्रति तोला ४ हजार ६५० रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य शुक्रबार प्रति औंस ४२५८.२६ प्रति औंस छ। चाँदी प्रति औंस ६३.३७ डलर छ।











