काठमाडौं। नेपाल प्रहरीले पृथ्वी राजमार्गमा सवारी चलाउन रोक लगाएको छ। प्रहरीले बिहीबार बेलुका ८ बजेदेखि शुक्रबार विहान ५ बजेसम्म सवारी चलाउन रोक लगाएको हो।
भारी वर्षा भइरहेकाले जोखिम हुने भन्दै प्रहरीले सवारी चलाउन रोक लगाएको जनाएको छ।
‘धादिङ जिल्ला र आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको र आगामी केही दिन भारी वर्षा हुने प्रक्षेपण भएकाले जोखिम हुने देखेर सवारी साधन संचालनमा रोक लगाइएको हो,’ प्रहरीको सूचनामा भनिएको छ।










