काठमाडौं। सेयर बजारमा १७६ कम्पनीको मूल्य बढेको छ। नेप्से परिसूचक ११.७७ अंकले उकालो लागेर २६२९.८१ विन्दुमा पुगेको छ। कारोबारमा आएका निर्जीवन बीमा बाहेकका उपसमूहले बजार बढाएका हुन्।
उत्पादन तथा प्रशोधन क्षेत्रका कम्पनीको सूचक सबैभन्दा धेरै १.८३ प्रतिशतले बढेको छ। नेपाल ल्युब आयलको सेयर मूल्य सबैभन्दा धेरै १२.४७ प्रतिशतले बढेको छ।
बिहीबार सूचक बढे पनि कारोबार रकम घटेको छ। बुधबार ६ अर्ब ३५ करोड रुपैयाँको सेयर किनबेच भएकामा कारोबार रकम बिहीबार ५ अर्ब ४४ करोड ७३ लाख रुपैयाँमा सीमित भएको छ।
शिवम् सिमेन्टको सबैभन्दा धेरै ३५ करोड ८१ लाख रुपैयाँको सेयर किनबेच भएको छ। हिमालयन हिस्टिलरीको ३५ करोड १६ लाख र सानिमा मिडल तमोर हाइड्रोपावरको २४ करोड ३५ लाख रुपैयाँको सेयर करोबार भएको छ।
बजारमा ९५ कम्पनीको सेयर मूल्य घटेको छ। मिड सोलु हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ११.५८ प्रतिशतले घटेको छ।











