काठमाडौं। नेपाल राष्ट्र बैंकले १ हजार रुपैयाँको नयाँ नोट प्रचलनमा ल्याएको छ। राष्ट्र बैंकले बिहीबार सूचना जारी गरी नयाँ नोट प्रचलनमा ल्याएको जनाएको छ।
साविककै आकार र रङ परिमार्जन गरी नयाँ नोट प्रचलनमा ल्याइएको छ। नयाँ नोटमा वैजनी रङको घेराभित्र फिक्का हरियो रङ छ। नोटको अघिल्लो र पछिल्लो भागमा विभिन्न सुरक्षात्मक तथा पहिचानजन्य विशेषता राखिएका छन्।
नयाँ नोटमा बायाँतर्फ सगरमाथा, दायाँतर्फ लालीगुराँसको पानीछाप र सोको मुनि १००० अंकित पानीछाप छ।










