भारी वर्षाको पूर्वानुमानपछि शिक्षा मन्त्रालयको निर्देशन, ‘आवश्यकता अनुसार विद्यालय बन्द गर्नू’

बिजमाण्डू
२०८३ असोज ७ गते २२:२० | Sep 23, 2026
भारी वर्षाको पूर्वानुमानपछि शिक्षा मन्त्रालयको निर्देशन, ‘आवश्यकता अनुसार विद्यालय बन्द गर्नू’


काठमाडौं। शिक्षा मन्त्रालयले असोज ९ देखि ११ गतेसम्मको सम्भावित भारी वर्षा मध्यनजर गरेर आवश्यकता अनुसार विद्यालय बन्द गर्न स्थानीय तहलाई आग्रह गरेको छ।

Vigo
GBIME
Tata

आवश्यक समन्वय र सहजीकरणका लागि मन्त्रालयले सूचना जारी गर्दै चार बुँदे निर्देशन समेत दिएको छ। मन्त्रालयले सबै विद्यार्थी एवम् बालबालिका, शिक्षक तथा कर्मचारी सुरक्षित रहने गरी असोज ८ र ९ गते स्थानीय तहसँगको समन्वयमा आवश्यकता अनुसार विद्यालय बिदा गर्नु आग्रह गरेको हो।

यस्तै सबै विश्वविद्यालय र परीक्षा सञ्चालन गर्ने निकायले असोज ९ गतेदेखि ११ गतेसम्म तोकिएका परीक्षा आवश्कतानुसार स्थगित गर्न पनि मन्त्रालयले आग्रह गरेको छ। सुरक्षित विद्यालय भवनलाई अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्नुपर्ने अवस्थामा स्थानीय तहलाई सहजीकरण गर्न पनि सूचनामा भनिएको छ।

अभिभावकहरूले बालवालिकालाई नदी, खोला, पोखरी तथा पहिरोको जोखिम भएका स्थानमा जान नदिन पनि मन्त्रालयले आग्रह गरेको छ।