दुई महिनामा भित्रियो पौने १० अर्बको स्मार्ट फोन, भदौमा मात्र २.५६ लाख थान आयात

बिजमाण्डू
२०८३ असोज ७ गते १८:३७ | Sep 23, 2026
दुई महिनामा भित्रियो पौने १० अर्बको स्मार्ट फोन, भदौमा मात्र २.५६ लाख थान आयात


काठमाडौं। चालु आर्थिक वर्ष २ महिनामा पौने १० अर्ब रुपैयाँको स्मार्ट फोन आयात भएको छ।

Vigo
GBIME
Tata

भन्सार विभागका अनुसार साउन र भदौमा गरी ९ अर्बको ७४ करोड रुपैयाँ बराबरको ४ लाख २५ हजार ४० थान स्मार्ट फोन आयात भएको हो। यसबाट १ अर्ब ८१ करोड रुपैयाँ राजस्व उठेको छ।

साउनमा १ लाख ६९ हजार १८५ थान स्मार्टफोन आयात भएकामा भदौमा त्यो संख्या ह्वात्तै बढेको हो। भदौमा मात्र २ लाख ५६ हजार थान स्मार्ट फोन आयात गरिएको हो।