मार्फामा स्याउ टिप्ने र खाने उत्सव: प्रवेश गर्न २०० रुपैयाँ, बोट बिग्रिए तिर्नुपर्छ १०००

बिजमाण्डू
२०८३ असोज ६ गते १६:०४ | Sep 22, 2026
मार्फामा स्याउ टिप्ने र खाने उत्सव: प्रवेश गर्न २०० रुपैयाँ, बोट बिग्रिए तिर्नुपर्छ १०००


काठमाडौं । मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रमा आइतबारदेखि स्याउ टिप्ने र खाने उत्सव चलेको छ।

Vigo
GBIME
Tata

मुस्ताङमा कृषि पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यही असोज ३ देखि १५ गतेसम्म स्याउ टिपेर खाने उत्सव संचालन गरिएको हो। रसिला र स्वादिला स्याउ उत्पादन गर्दै आएको हिमालपारिको जिल्ला मुस्ताङमा केन्द्रले स्याउ टिप्ने र खाने मेला आयोजना गरेको केन्द्र प्रमुख प्रकाश पन्थले बताए।

उक्त उत्सवमा सहभागी हुन पुगेका पर्यटक मार्फा क्षेत्रका स्याउ बगानमा लर्को लागेको देखिन्छ। स्याउ टिप्ने र बजारमा पठाउने मुख्ययाम सुरु भइसकेकाले मुस्ताङ भ्रमण गर्ने पर्यटकलाई स्याउ बारी रम्ने महत्त्वपूर्ण अवसरको प्रदान गरेको छ।

स्याउ बारीमै पुगेर उत्सव मनाउन चाहने पर्यटक तथा स्थानीयलाई केन्द्रले २०० रुपैयाँको प्रवेश शुल्क कायम गरेको केन्द्र प्रमुख पन्थले जानकारी दिए।

स्याउ टिप्ने क्रममा हाँगा भाचिएर बोटमा क्षति पुगेमा एक हजार जरिवाना बुझाउनुपर्ने प्रावधान राखिएको छ।

विसं २०२३ मा स्थापना भएको केन्द्रले शीतोष्ण फलफूल तथा तरकारीसहित अन्य बालीका बिरुवाको बिक्री र उत्पादन गर्दै आएको छ।