प्रधानमन्त्री बालेन अमेरिका जाने भएपछि अर्थमन्त्री वाग्लेले पाए कार्यबाहक प्रधानमन्त्रीको जिम्मा

बिजमाण्डू
२०८३ असोज ६ गते १३:४७ | Sep 22, 2026
प्रधानमन्त्री बालेन अमेरिका जाने भएपछि अर्थमन्त्री वाग्लेले पाए कार्यबाहक प्रधानमन्त्रीको जिम्मा


काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कार्यबाहक प्रधानमन्त्रीको जिम्मा पाएका छन्।

Vigo
GBIME
Tata

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन मंगलबार साँझ अमेरिका जान लागेका कारण उनको अनुपस्थितिमा स्वर्णिमलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो।

बालेनले मंगलबार गरेको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वर्णिमलाई कार्यबाहक प्रधानमन्त्री तोकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। मंगलबार साँझ न्यूयोर्क जान लागेका बालेनले संयुक्त राष्ट्र संघको महासभामा ८ गते सम्बोधन गर्ने तालिका छन्। उनी असोज १० गते स्वदेश फर्किनेछन्।