रोयल इन्फिल्डको ‘वान राइड’मा १५०० राइडर सहभागी, डाउन सिन्ड्रोम एसोसिएसनलाई २ लाख

बिजमाण्डू
२०८३ असोज ६ गते १३:०३ | Sep 22, 2026
रोयल इन्फिल्डको ‘वान राइड’मा १५०० राइडर सहभागी, डाउन सिन्ड्रोम एसोसिएसनलाई २ लाख


काठमाडौं। रोयल इन्फिल्ड नेपालले आयोजना गरेको ‘वान राइड’ मा देशभरबाट १ हजार ५०० भन्दा बढी राइडर सहभागी भएका छन्। नेपालका विभिन्न स्थानमा एकैसाथ आयोजना गरिएको यस राइडमा काठमाडौंमा मात्रै ६०० भन्दा बढी राइडर सहभागी भएको कम्पनीले जनाएको छ।

Vigo
GBIME
Tata

आज काठमाडौंको राइड कमलादीस्थित प्रज्ञा भवनबाट सुरु भई गोदावरीस्थितबेस्ट वेस्टर्न प्लसमा पुगेर राइड सम्पन्न भएको थियो। देशभरका २२ वटा अधिकृत डिलर लोकेसनबाट राइडरहरु यस कार्यक्रममा सहभागी भएका थिए।

राइडकै अवसरमा रोयल इन्फिल्ड नेपालले डाउन सिन्ड्रोम एसोसिएसन नेपाललाई २ लाख रुपैयाँ सहयोग गरेको छ। उक्त सहयोग रकमको चेक अल्फा अटोमोटिभ प्रालिका निर्देशक मेघराज पौडेलले डाउन सिन्ड्रोम एसोसिएसन नेपालका अध्यक्ष रमेश तामाङ लगायतलाई हस्तान्तरण गरेका थिए।

चेक हस्तान्तरण गर्दै पौडेलले राइडिङलाई केवल मोटरसाइकल र यात्रासँग मात्र सीमित नराखी सामाजिक उत्तरदायित्व र समुदायसँगको सहकार्यसँग जोड्दै लैजाने बताए। उनले आगामी दिनमा पनि यस्ता सामाजिक तथा सामुदायिक गतिविधिलाई निरन्तरता दिँदै जाने बताए।

सो राइड मार्फत देशका विभिन्न स्थानमा रहेका रोयल इन्फिल्ड राइडर तथा राइडर कम्युनिटीलाई एउटै प्लेटफर्ममा जोड्ने, अनुभव आदानप्रदान गर्ने तथा सुरक्षित र जिम्मेवार राइडिङ संस्कृतिलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको कम्पनीले जनाएको छ।

रोयल इन्फिल्ड नेपालले आफ्नो राइडर कम्युनिटीलाई मोटरसाइकल र राइडिङमा मात्र सीमित नराखी सामाजिक गतिविधिसँग समेत जोड्दै आएको जनाएको छ। ‘प्युर मोटरसाइकलिङ’ को अवधारणाअन्तर्गत आयोजना गरिएको यस ‘वान राइड’ ले देशभरका राइडरलाई एकै अभियानमा जोड्नुका साथै समुदायसँगको सम्बन्धलाई समेत थप मजबुत बनाएको कम्पननीले जनाएको छ।