काठमाडौं। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र बेलायती दुतावासका वरिष्ठ विकास काउन्सिलर एलेक्स ल्युसहितको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ।
पूर्वाधार विकास मन्त्रालयमा भएको भेटमा भोटेकोशी बाढीपश्चातको पुनर्निर्माण तथा पुनर्स्थापनाका सम्बन्धमा छलफलल भएको मन्त्री लम्सालले बताए।
मन्त्री लम्सालका अनुसार बेलायत सरकारले बाढीबाट क्षतिग्रस्त गल्छी रसुवागढी सडक खण्डमा आवश्यक पर्ने बेलिब्रिजका साथै उक्त क्षेत्रको पुनर्निमाण तथा पुनर्स्थापना कार्यमा आवश्यक प्राविधिक एवम् आर्थिक सहयोग उपलब्ध गराउने जनाएको छ।
भेटमा नेपाल सरकारले अघि बढाएको दिगो वित्तीय व्यवस्थापन, डिजिटल रुपान्तरण एवम् विपद उत्थानशील विकासका क्षेत्रमा समेत बेलायत सरकारबाट महत्वपूर्ण सहयोग उपलब्ध हुने प्रतिबद्धता ल्युले ब्यक्त गरेका छन्।











