सेयरमा हुने नाफामा पुँजीगत लाभकर ५०% छुट दिने निर्णय राजपत्रमा प्रकाशित

बिजमाण्डू
२०८३ असोज ५ गते १९:४० | Sep 21, 2026
सेयरमा हुने नाफामा पुँजीगत लाभकर ५०% छुट दिने निर्णय राजपत्रमा प्रकाशित


काठमाडौं। सेयर बिक्रीमा हुने नाफामा पुँजीगत लाभकर ५० प्रतिशत छुट दिने मन्त्रिपरिषद्‍को निर्णय राजपत्रमा प्रकाशित भएको छ।

Vigo
GBIME
Tata

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गत सोमबार अर्थात भदौ २९ गते सेयर बिक्रीमा हुने नाफामा लाग्ने पुँजीगत लाभकर ५० प्रतिशत घटाउने गरी सेयर बजारमा सुधारका लागि २१ बुँदे कार्ययोजना ल्याएकामा थिए।

त्यसको पर्सिपल्ट अर्थात २१ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वर्णिमको प्रस्ताव अनुसार पुँजीगत लाभकर घटाउने निर्णय गरेको थियो। त्यही निर्णय भदौ ३१ कै मितिमा राजपत्रमा प्रकाशित भएको हो।

अब ३६५ दिनसम्मको सेयर बिक्रीमा हुने नाफामा ५ प्रतिशत र त्यसभन्दा बढी अवधि होल्ड गरेको सेयर बिक्रीमा हुने नाफामा ३.७५ प्रतिशत पुँजीगत लाभकर लाग्नेछ। स्वर्णिमले चालु आर्थिक वर्षको बजेटमार्फत त्यस्तो कर २.५० प्रतिशत विन्दुले बढाएर ७.५० र १० प्रतिशत बनाएका थिए।