संसदीय समितिले भन्यो- क्षतिग्रस्त सडक र पुल पुनर्निर्माणको कार्ययोजना एक महिनाभित्र ल्याउनू

बिजमाण्डू
२०८३ असोज ५ गते १७:५७ | Sep 21, 2026
संसदीय समितिले भन्यो- क्षतिग्रस्त सडक र पुल पुनर्निर्माणको कार्ययोजना एक महिनाभित्र ल्याउनू
समितिका सभापति आशिष गजुरेल


काठमाडौं। संसदीय समितिले भोटेकोशी नदीमा आएको बाढीले क्षतिग्रस्त भएका सडक, पुल, खानेपानी तथा ढल व्यवस्थापनलगायत पूर्वाधारमा भएको क्षतिको यथार्थ विवरण तयार गरी एक महिनाभित्र पुनर्निर्माण तथा पुनर्स्थापनाको कार्ययोजना तयार गर्न सरकारलाई निर्देशन दिएको छ।

Vigo
GBIME
Tata

समितिले सोमबार पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई बोलाएर छलफल गरी एक महिनाभित्र पुनर्मार्माण तथा पुनर्स्थापना कार्ययोजना तयार गर्न निर्देशन दिएको हो।

समितिले पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि आवश्यक बजेट तथा स्रोतको सुनिश्चितता गरी संघ, प्रदेश र स्थानीय तह तथा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय कायम गर्न पनि सरकारलाई निर्देशन दिएको छ।

समितिले पूर्वाधार विकास मन्त्रालयबाट हुने सार्वजनिक खरिद तथा निर्माणसम्बन्धी कार्य आगामी कात्तिक १ गतेबाट इ-जीपी प्रणालीबाट सञ्चालन गर्न भनेको छ।

समितिले दसैं तिहार तथा छठ लगायत चाडपर्वमा सार्वजनिक यातायातलाई सहज र मर्यादित बनाउन अपनाउनुपर्ने उपायबारे सुझावसहितको प्रतिवेदन पेस गर्न उपसमिति गठन गरेको छ। धनेन्द्र कार्कीको संयोजकत्वमा गठित समितिमा आशा झा, पूर्णप्रसाद लिम्बु लगायत सांसद सदस्य छन्।