ग्यास आयात असोजमा ६९.५८% ले वृद्धि, मन्त्रीले संसद्‍मा भने- कृष्णभीरको बाटो खुलेपछि सहज

बिजमाण्डू
२०८३ असोज ५ गते १५:५८ | Sep 21, 2026
ग्यास आयात असोजमा ६९.५८% ले वृद्धि, मन्त्रीले संसद्‍मा भने- कृष्णभीरको बाटो खुलेपछि सहज


काठमाडौं। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले खाना पकाउने ग्यासको आपूर्ति सहज हुँदै गएकझ दाबी गरेका छन्।

Vigo
GBIME
Tata

उनले सोमबार प्रतिनिधि सभाको बैठकमा ग्यास आयात पोहोरको तुलनामा बढेको भन्दै कृष्णभीरको बाटो खुलेपछि आपूरु्ति सहज हुँदै गएको दाबी गरेका हुन्।

‘ग्यास अभावको समस्यालाई निक्कै गम्भीर रुपमा लिएर समाधानका लागि सरकार निरन्तर लागिरहेको छ। मन्त्रालयले तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर आफ्नो सामर्थ्यले भ्याएसम्म काम गरिरहेको छ,’ उनले भने, ‘कृष्णभीरको बाटो खुलेपछि बजारमा ग्यास आपूर्ति सहज हुँदै गएको छ।’

मन्त्री साहका अनुसार काठमाडौं उपत्यकामा सामान्य अवस्थामा दैनिक ३५ हजार सिलिण्डर ग्यासको माग रहेकामा उद्यवगीले अहिले दैनिक ५० हजार सिलिण्डर विक्री गर्ने प्रतिबद्धता जनाएर काम गरिरहेका छन्।

मन्त्रीले पोहरको तुलनामा यसपालि ग्यास आयात बढेको तथ्यांकम समेत प्रस्तुत गरे। ‘पोहोरको तुलनामा यसपालि साउनमा २९.४, भदौमा २५.५६ र असोजको ४ दिनमा ६९.५८ प्रतिशत बढी सिलिण्डर ग्यास आपूर्ति भएको छ,’ उनले भने।

उनले अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि, डिलरको असमान वितरण, खाली सिलिण्डर फिर्तामा ढिलाइ, डिजिटल ट्र्याकिङ नहुनु, अन्तर निकाय समन्वय नहुनु लगायत कारण ग्यास अभाव भएकाले दीर्घकालीन समाधानका लागि मन्त्रालयले योजना बनाएर काम अगाडि बढाएको बताए।