भृकुटीमण्डपमा घरजग्गा मेला सम्पन्न, ८० हजार बढीले गरे अवलोकन (तस्विरहरु)

सुशील श्रेष्ठ
२०८३ असोज ४ गते १७:४२ | Sep 20, 2026
भृकुटीमण्डपमा घरजग्गा मेला सम्पन्न, ८० हजार बढीले गरे अवलोकन (तस्विरहरु)


काठमाडौं । काठमाडौंको भृकुटीमण्डप आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी-२०८३’ सम्पन्न भएको छ। बिहीबारदेखि सुरु भएको मेला आजसम्म चलेको हो।

Vigo
GBIME
Tata

मेलामा करिब ८० हजार जनाले अवलोकन गरेको आयोजकले जनाएका छन्। प्रदर्शनीमा १०० भन्दा बढी स्टल राखिएको थियो।

घर खरिदबिक्रीसँगै घरका लागि चाहिने निर्माण र सज्जाका सामाग्रीको प्रदर्शनीसँगै परामर्श लिने व्यवस्था मेलामा थियो। शनिबार र आइतबार मेलामा पुग्नेको संख्या निकै धेरै थियो।

हाउजिङ तथा अपार्टमेन्ट व्यवसायी, जग्गा विकास आयोजना, निर्माण सामग्री, सिमेन्ट, स्टिल, काठ, ग्लास, पेन्ट्स, सेनिटरी, पाइप तथा फिटिङ्स, विद्युतीय उपकरण, इन्टेरियर डिजाइन, सौर्य ऊर्जा, रेन वाटर हार्वेस्टिङ, फोहोर व्यवस्थापन, सुरक्षा प्रणाली, स्वचालन प्रविधि, प्रिफ्याब तथा युपिभिसी ढोका–झ्याललगायतका कम्पनी तथा व्यवसायी सहभागी थिए।

प्रदर्शनीलाई घरजग्गा खरिद–बिक्रीमा मात्र सीमित नगरी सुरक्षित, व्यवस्थित र वातावरणमैत्री आवास निर्माणसम्बन्धी जानकारी तथा परामर्शको थलोका रूपमा विकास गर्न खोजिएको थियो।

साथै भूकम्प प्रतिरोधी घर निर्माण तथा वास्तुकलासम्बन्धी विज्ञले अवलोकनकर्तालाई निःशुल्क परामर्श दिने कार्यक्रम पनि रहेको थियो।