राष्ट्रसंघ महासभाका लागि परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क जाने, प्रधानमन्त्रीको टोली मंगलबार

बिजमाण्डू
२०८३ असोज ३ गते १६:१६ | Sep 19, 2026
राष्ट्रसंघ महासभाका लागि परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क जाने, प्रधानमन्त्रीको टोली मंगलबार


काठमाडौं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको एक टोली आइतबार न्युयोर्क प्रस्थान गर्दैछ।

Vigo
GBIME
Tata

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक तथा मन्त्रिस्तरीय भेलामा सहभागिता जनाउने छन्। साथै, उनले आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्तासमेत गर्ने कार्यक्रम छ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी मंगलबार अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ। प्रधानमन्त्री शाहले महासभामा असोज ८ गते सम्बोधन गर्ने तालिका छ।