एउटै विधेयकमार्फत ३३ वटा कानुन संशोधन गरिंदै, यस्तो छ गृह मन्त्रालयले बनाएको मस्यौदा

बिजमाण्डू
२०८३ असोज २ गते १५:३९ | Sep 18, 2026
एउटै विधेयकमार्फत ३३ वटा कानुन संशोधन गरिंदै, यस्तो छ गृह मन्त्रालयले बनाएको मस्यौदा
गृहमन्त्री सुधन गुरुङ


काठमाडौं। सरकारले एउटै विधेयकमार्फत ३३ वटा कानुन संशोधन गर्न लागेको छ।

Vigo
GBIME
Tata

सरकारले कसूरजन्य सम्पत्ति तथा साधनको रोक्का, नियन्त्रण र जफतसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक ल्याएर सरकारले एक साथ ३३ वटा कानुन संशोधन गर्न लागेको हो।

गृह मन्त्रालयले तयार पारेको विधेयकको मस्यौदा अनुसार मदिरा ऐन, राजस्व चुहावट नियन्त्रण ऐन, सवारी तथा यातायात ऐन, नेपाल राष्ट्र बैंक ऐन, बीमा ऐन, विनिमय नियमित गर्ने ऐन, भन्सार ऐन लगायत ३३ वटा कानुन संशोधन गरिंदैछ।