विकास हाइड्रोपावरको लाभांश घोषणा, सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने

बिजमाण्डू
२०८३ असोज १ गते ११:२७ | Sep 17, 2026
विकास हाइड्रोपावरको लाभांश घोषणा, सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने


काठमाडौं। विकास हाइड्रोपावरले सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश दिने भएको छ।

Vigo
GBIME
Tata

हाइड्रोपावरको सञ्चालक समितिको बुधबार बसेको बैठकले चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

हाइड्रोपावरको चुक्ता पुँजी हाल ९० करोड ९१ लाख रुपैयाँ छ। १० प्रतिशत बोनस सेयर वितरण गर्न कम्पनीलाई विद्युत नियमन आयोगले स्वीकृति दिइसकेको छ। अब कम्पनीको साधारण सभाबाट पारित भएपछि सेयरधनीले बोनस सेयर पाउनेछन्।