विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न संसदीय समिति गठन गर्ने सर्वदलीय बैठकको निर्णय

बिजमाण्डू
२०८३ भदौ ३१ गते १५:०६ | Sep 16, 2026
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न संसदीय समिति गठन गर्ने सर्वदलीय बैठकको निर्णय


काठमाडौं । रसुवा बाढीपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि विशेष संसदीय समिति बन्ने भएको छ।

Vigo
GBIME
Tata

सिंहदरबारमा बुधवार बसेको सर्वदलीय बैठकले एक हप्ताभित्र संसदीय समिति बनाउने निर्णय गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदिश खरेलले जानकारी दिए।

‘संसदीय समिति बनाउनका लागि राजनीतिक दलहरु तयार छन्। संसदमा प्राप्त सिटका आधारमा प्रतिनिधित्व रहेनछ,’ उनले भने।

यस्तै, रास्वपाका सभापति रवि लामिछाने संयोजक रहेको उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनेबारे पनि बैठकले निर्णय गरेको छ।

त्यसमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधिहरु रहने छन्।

‘विपद् जोखिम न्यूनीकरण तथा प्रभावकारी व्यवस्थापनका लागि तीनै तहका सरकार, संसद्, राज्यका सम्बद्ध निकाय, राजनीतिक दल र सरोकारवालाहरूबीच नीतिगत तथा कार्यान्वयनगत समन्वय गर्न आवश्यक देखिएको छ। यसै सन्दर्भमा हाल कायम रहेको ‘उच्चस्तरीय राजनीतिक संयन्त्र’लाई निरन्तरता दिने सर्वसम्मत निर्णय भएको छ,’ खरेलले भने।