एनआइसी एसिया बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटीका होटल र केबलकारमा १०% छुट

बिजमाण्डू
२०८३ भदौ ३० गते १६:५१ | Sep 15, 2026
एनआइसी एसिया बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटीका होटल र केबलकारमा १०% छुट


काठमाडौं। एनआइसी एसिया बैंकका ग्राहकले आइएमई हस्पिटालिटी अन्तर्गतका होटल तथा केबलकार सेवामा १० प्रतिशत छुट पाउने भएका छन्।

Vigo
GBIME
Tata

बैंकका ग्राहकले इला होटल्स एण्ड रिसोर्ट मौलाकालिका, इला कम्फोर्ट बाग्लुङ, इला कम्फोर्ट हर्कपुर र सेक एण्ड फेङ्ग रेष्टुरेन्ट लाजिम्पाटमा छुट पाउने भएका हुन्।

यस्तै मौलाकालिका केबलकार र लुम्बिनी केबलकारमा पनि बैंकका ग्राहकले १० प्रतिशत छुट पाउनेछन्।

यस सम्बन्धमा बैंक र आइएमई हस्पिटालिटीबीच समझदारी भएको छ। समझदारी पत्रमा बैंकका तर्फबाट ट्रान्जेक्सन बैंकिङ प्रमुख पुजनलाल अमात्य र आइएमई हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण थापाले हस्ताक्षर गरेका छन्। गर्नुभयो ।

समझदारी अनुसार छुट सुविधाका लागि बैंकका ग्राहकले मोबाइल बैंकिङ सेवा (मोबैंक), डेबिट कार्ड र क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ।