गत आर्थिक वर्ष घरजग्गा व्यवसायमा बढोत्तरी, ७ खर्ब २० अर्ब ८६ करोड रुपैयाँको कारोबार

बिजमाण्डू
२०८३ भदौ ३० गते १६:०६ | Sep 15, 2026
गत आर्थिक वर्ष घरजग्गा व्यवसायमा बढोत्तरी, ७ खर्ब २० अर्ब ८६ करोड रुपैयाँको कारोबार


काठमाडौं । गत आर्थिक वर्षमा ७ खर्ब २० अर्ब ८६ करोड रुपैयाँ बराबरको घरजग्गाको कारोबार भएको छ।

Vigo
GBIME
Tata

नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले आज सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२/८३ मा घरजग्गाको कारोबारमा बढोत्तरी भएको हो।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ मा भने ३ खर्ब ८६ अर्ब १५ करोड अर्ब बराबरको घरजग्गा कारोबार भएको थियो।

आर्थिक वर्ष २०८२/८३ मा घरजग्गाको कुल कारोबारको संख्या आथिक वर्ष २०८१/८२ को तुलनामा ४.७४ प्रतिशतले बढेको छ।

अघिल्लो आर्थिक वर्षको तुलनामा २०८१/८२ मा भने घरजग्गाको कारोबार संख्या १.८४ प्रतिशतले घटेको थियो।