मिटरब्याज अपराध नियन्त्रण गर्न कानुन बनाउँदै सरकार, विधेयक तर्जुमा गर्न मन्त्रिपरिषद्को स्वीकृति

बिजमाण्डू
२०८३ भदौ २५ गते १७:२० | Sep 10, 2026
मिटरब्याज अपराध नियन्त्रण गर्न कानुन बनाउँदै सरकार, विधेयक तर्जुमा गर्न मन्त्रिपरिषद्को स्वीकृति


काठमाडौं। सरकारले अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणसम्बन्धी कानुन बनाउने भएको छ। यस सम्बन्धी विधेयक तर्जुमा गर्न मन्त्रिपरिषद् बैठकले सैद्धान्तिक स्वीकृति दिएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

Vigo
GBIME
Tata

बिहीबार बसेको बैठकले प्रधानमन्त्री बालेन्द्र शाहले असोज ६ देखि १० गतेसम्म गर्न लागेको अमेरिका भ्रमण स्वीकृत गरेको छ। बालेन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिनका लागि अमेरिका जान लागेका हुन्।

सस्मितका अनुसार बैठकले काठमाडौं, भक्तपुर, ललितपुर, सप्तरी र दाङका २७ स्थानीय तहका १७ हजार ४३८ गरिब घरपरिवारको सूची स्वीकृत गरेको छ।