सुनको मूल्य बढेर आज तोलाको ३ लाख ५ हजार ८०० रुपैयाँ, चाँदीमा पनि बढोत्तरी

बिजमाण्डू
२०८३ भदौ २५ गते ११:३७ | Sep 10, 2026
सुनको मूल्य बढेर आज तोलाको ३ लाख ५ हजार ८०० रुपैयाँ, चाँदीमा पनि बढोत्तरी


काठमाडौं । बिहीबारका लागि सुनको कारोबार मूल्य प्रति तोला ३ लाख ५ हजार ८०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Vigo
GBIME
Tata

आज सुन तोलामा ३ हजार ४०० रुपैयाँ बढेको हो। बुधबार सुन तोलामा ३ हजार रुपैयाँले घटेर प्रति तोला ३ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। मंगलबार सुन प्रति तोला ३ लाख ५ हजार ४०० रुपैयाँ थियो।

चाँदी पनि बिहीबार तोलामा १०५ रुपैयाँले वृद्धि भएको छ। महासंघका अनुसार चाँदी प्रति तोला ४ हजार ९०० रुपैयाँ छ। बुधबार चाँदी प्रति तोला ४ हजार ७५० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेर बिहीबार प्रति औंस ४४२८.०६ डलर छ। चाँदी प्रति औंस ६७.८३ डलरमा कारोबार भइरहेको छ। बुधबार सुन प्रति औंस ४३८१.४३ डलर र चाँदी प्रति औंस ६६.३ डलर थियो।